Acts 8
1तिनको हत्यामा शाऊल पनि सहमत थिए । त्यही दिन यरूशलेमको मण्डलीको विरुद्धमा ठुलो सतावट सुरु भयो र प्रेरितहरूबाहेक अन्य विश्वासीहरू यहूदिया र सामारियाका क्षेत्रहरूमा तितर-बितर भएर गए । 2ईश्वरभक्त मानिसहरूले स्तिफनसलाई गाडे र तिनको लागि बेसरी विलाप गरे । 3तर शाऊलले मण्डलीलाई औधी हानि पुर्याए । तिनी घरैपिच्छे जान्थे र तिनले पुरुष र स्त्रीहरूलाई घिसारेर ल्याउँथे र तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे । 4तथापि छरपष्ट भएका विश्वासीहरूले चारैतिर वचन बाँड्दै गए । 5फिलिप सामरियाको सहरमा गए र तिनले तिनीहरूलाई ख्रीष्टको बारेमा प्रचार गरे । 6जब भिडले फिलिपले गरेका चिन्हहरू देखे तब तिनीहरूले ध्यान दिएर तिनका कुरा सुने । 7किनकि तिनीहरूमध्ये धेरै जनाबाट अशुद्ध आत्माहरू चिच्च्याउँदै निस्किआए र धेरै पक्षाघाती र लङ्गडाहरू निको भए । 8र त्यस सहरमा बडो आनन्द भयो । 9तर त्यस सहरमा सिमोन नाउँ गरेको एक जना मानिस थियो जसले पहिले जादुगरी गर्ने गर्थ्यो । त्यसले एक प्रभावशाली मानिस थिए भन्ने दाबी गर्दै तिनले सामरियाका मानिसहरूलाई छक्क पार्ने गर्थ्यो । 10सबैभन्दा सानादेखि सबैभन्दा ठुलासम्मका सामरीहरूले त्यसका कुरा ध्यान दिएर सुन्थे । तिनीहरूले भन्थे, “यी मानिस परमेश्वरका ती शक्ति हुन् जसलाई महान् भनिन्छ ।” 11तिनीहरूले त्यसका कुरा सुन्थे किनकि त्यसले आफ्नो जादुगरीद्वारा लामो समयदेखि तिनीहरूलाई चकित पार्दै आएको थियो । 12तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको सुसमाचारको बारेमा जे प्रचार गरे तिनीहरूले त्यसमाथि विश्वास गरे अनि पुरुष र स्त्रीहरू दुवैले बप्तिस्मा लिए । 13सिमोन आफैँले पनि विश्वास गर्यो र बप्तिस्मा लियो । त्यो फिलिपसँगै लागिरह्यो । चिन्हहरू र उदेकका कामहरू देखेर त्यो छक्क परे । 14सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई ग्रहण गरे भन्ने कुरा जब यरूशलेमका प्रेरितहरूले सुने, तिनीहरूले पत्रुस र यूहन्नालाई उनीहरूकहाँ पठाए । 15तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे । 16किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्तिस्मा भएको थियो । 17त्यसपछि पत्रुस र यूहन्नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए । 18प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।” 20तर पत्रुसले भने, “तेरो रूपैयाँ-पैसा तैँसित नष्ट होस् किनकि तैँले परमेश्वरको वरदानलाई रूपैयाँ-पैसाले प्राप्त गर्न सकिँदोरहेछ भनी ठानिस् । 21यस विषयमा तेरो कुनै हिस्सा वा भाग छैन किनकि तिम्रो हृदय परमेश्वरसित ठिक छैन । 22त्यसकारण, तेरो दुष्टताको लागि पश्चात्ताप गरी प्रभुलाई प्रार्थना चढा, कतै उहाँले तँलाई क्षमा गरिदिनुहुन्छ कि । 23किनभने म देख्दछु कि तँ तिक्ताको विष र पापको बन्धनमा छस् ।” 24सिमोनले जवाफ दियो, “मेरो निम्ति प्रार्थना गरिदिनुहोस् ताकि तपाईंले भन्नुभएको कुनै पनि कुरा ममाथि आइनपरोस् ।” 25पत्रुस र यूहन्नाले साक्षी दिई परमप्रभुको वचन बोलेपछि तिनीहरू यरूशलेम फर्के र बाटोमा सामरियाका धेरै गाउँहरूमा तिनीहरूले सुसमाचार प्रचार गरे । 26अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।” 27तिनी उठे र गए । त्यहाँ इथियोपियाका एक जना नपुंसक थिए जो इथियोपिया देशकी रानी कन्दाकीका पदाधिकारी थिए । तिनी उनका सारा सम्पत्तिको कोषाध्यक्ष थिए । तिनी आराधनाको लागि यरूशलेम आएका थिए । 28फर्कंदै गर्दा तिनले रथमा यशैया अगमवक्ताको पुस्तक पढिरहेका थिए । 29पवित्र आत्माले फिलिपलाई भन्नुभयो, “माथि जाऊ र त्यस रथको साथ लाग ।” 30त्यसैले, फिलिप तिनीकहाँ दौडेर गए र तिनले यशैया अगमवक्ताबाट पढेको सुनेर फिलिपले सोधे, “के तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?” 31इथियोपियालीले भने, “कसैले मलाई नबुझाएसम्म म कसरी बुझ्न सक्छु र ?” तिनले फिलिपलाई तिनीसँगै रथमा बस्न अनुरोध गरे । 32इथियोपियालीले पढेको धर्मशास्त्रको खण्ड थियोः “काटिने थुमाजस्तै उसलाई लगियो; जसरी थुमा ऊन कत्रनेको सामु मौन हुन्छ त्यसै गरी उसले आफ्नो मुख खोल्दैन ।” 33उसको विनम्रतामा उसको न्याय खोसियो । कसले उसको पुस्ताको घोषणा गर्ने ? किनकि उसको जीवन यस पृथ्वीबाट हरण गरियो ।” 34त्यसैले, नपुंसकले फिलिपलाई सोधे, “मलाई बताइदिनुस् कि अगमवक्ताले कसको बारेमा भन्दै छन्— आफ्नै बारेमा वा अरू कसैको बारेमा ?” 35फिलिपले बताउन थाले । तिनले उनलाई येशूको बारेमा बताउन यशैयाको यस खण्डबाट सुरु गरे । 36तिनीहरू जाँदै गर्दा तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे । नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी छ । मलाई बप्तिस्मा लिनदेखि केले रोक्छ ?” 37 ▼▼This verse is empty because in this translation its contents have been moved to form part of verse Act 8:38.
▼▼In this translation, this verse contains text which in some other translations appears in verses Act 8:37-Act 8:38.
38त्यसैले, ती इथियोपियालीले रथ रोक्न आज्ञा दिए अनि फिलिप र नपुंसक दुवै जना पानी भएको ठाउँमा गए र फिलिपले तिनलाई बप्तिस्मा दिए । 39तिनीहरू पानीबाट बाहिर आएपछि परमप्रभुका आत्माले फिलिपलाई लैजानुभयो । नपुंसकले तिनलाई फेरि देखेनन् र तिनी रमाउँदै आफ्नो बाटो लागे । तर फिलिप अश्दोदमा देखा परे । तिनी कैसरिया नपुगुञ्जेलसम्म तिनले सबै सहरहरूमा सुसमाचार सुनाए । 40
Copyright information for
NepULB